images

२०८३ आश्विन १९ गते

images
images
images

आज मंगलबारः भगवान गणेशको पूजा, लड्डुको कथा र ११ मन्त्रको महत्व,धार्मिक विश्वास छ।

आज मंगलबारः भगवान गणेशको पूजा, लड्डुको कथा र ११ मन्त्रको महत्व,धार्मिक विश्वास छ।

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौंः साउन २७, भाद्र कृष्ण पक्षको तृतीया तिथि पर्न आएको यस दिन हिन्दू धर्मशास्त्र अनुसार भगवान गणेशको विशेष पूजा–अर्चना गरिन्छ। मंगलबार भगवान गणेशको प्रिय दिन मानिने भएकाले आजको दिन व्रत बसेर शुद्ध मनले पूजा गर्दा मनोकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ।

    images
    images

    शास्त्र अनुसार कुनै पनि शुभ कार्यको सुरुवात भगवान गणेशको पूजा बिना गर्न नहुने मान्यता छ। उनको पूजा १६ विधिबाट सम्पन्न हुन्छ – जसमा आह्वान देखि आरती र परिक्रमा सम्मका चरणहरू समावेश छन्। यस्ता पूजा विधि अपनाउँदा भगवान गणेश चाँडै प्रसन्न हुने जनविश्वास छ।
    मंगलबार यस्ता कार्य नगर्नूः धर्मशास्त्र अनुसार मंगलबार केही काम गर्नाले जीवनमा समस्याहरू उत्पन्न हुन सक्छन्। कुखुरा वा अन्य पंक्षीको हत्या, मासु वा माछा खानु, तथा मदिरा सेवन गर्नु निषेध गरिएको छ। यी कार्यले क्रमशः बुद्धि भ्रमित हुनु, आर्थिक हानी र क्रोधको वृद्धि हुने विश्वास गरिन्छ।
    लड्डुको पौराणिक कथाः पद्मपुराणमा वर्णन गरिएको कथाअनुसार, एकपटक पार्वती देवीले देवताहरूबाट प्राप्त गरेको अमृतयुक्त दिव्य लड्डु आफ्ना दुई पुत्र–कुमार र गणेशलाई नदिएर परीक्षा लिनुभयो। जसले धर्मपालन र तीर्थयात्राबाट श्रेष्ठता देखाउँछ, उसैले लड्डु पाउने निर्णय गरियो। कुमार तीर्थ भ्रमणमा निस्किए, तर गणेशले आफ्ना मातापिताको परिक्रमा गरेर पूजाको महत्व दर्शाए। पार्वती देवीले उनलाई लड्डु प्रदान गरिन्।

    यस कथाबाट गणेशजीको मातापिता प्रतिको श्रद्धा र ज्ञानको महत्त्व प्रष्ट हुन्छ। त्यसैले गणेशलाई लड्डु अर्पण गर्नु मातापिता र धर्मप्रतिको समर्पणको प्रतीक मानिन्छ।
     ‘ग’ र ‘ण’ को अर्थः गणेश शब्दमा ‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ। त्यसैले गणेश भगवानलाई बुद्धि र ज्ञानका प्रतीक, विघ्नहर्ता र सर्वश्रेष्ठ नायक (विनायक) भनेर पूजा गरिन्छ। उनी गुणहरूको खानी भएकोले “गुणदेवता” को रूपमा पनि चिनिन्छन्।
    यी ११ मन्त्रले प्रसन्न हुन्छन् गणेश

    images
    images

    गणेश भगवानको पूजा गर्दा तल उल्लेखित ११ मन्त्रहरूको जप गर्दा चाँडै कृपा प्राप्त हुने विश्वास गरिन्छः

    १. श्री गणेशाय नमः
    २. ॐ श्री गणेशाय नमः
    ३. गं गणपतये नमः
    ४. ॐ गं गणपतये नमः
    ५. ॐ गं ॐ गणाधिपतये नमः
    ६. ॐ सिद्धि विनायकाय नमः
    ७. ॐ गजाननाय नमः
    ८. ॐ एकदंताय नमो नमः
    ९. ॐ लम्बोदराय नमः
    १०. ॐ वक्रतुंडाय नमो नमः
    ११. ॐ गणाध्यक्षाय नमः

    मंगलबारको दिन गणेश भगवानको पूजा गर्दै व्रत बस्नु, सात्विक जीवनशैली अपनाउनु, तथा लड्डु अर्पण गर्नुले नकारात्मक शक्तिहरू हटाएर बुद्धि, ज्ञान र समृद्धिको मार्ग खुलाउने धार्मिक विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend