images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सामसुङले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि...

सामसुङले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’

सामसुङले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । पानी परेर बिग्रिएका मोबाइललाई मर्मत गर्न सामसुङ नेपालले ‘सामसुङ मनसुन क्याम्प’ सुरु गरेको छ । जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको कम्पनीको दाबी छ ।कम्पनीका अनुसार यो सेवा भदौ ८ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सामसुङ प्रयोगकर्ताले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् । 

    images
    images

    यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैँले व्यहोर्नु पर्नेछ । यो सेवा सामसुङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराई भन्छन्, ‘ सामसुङ नेपालमा हामी ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौँ। ‘

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend