images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • युद्धका कारण गाजाको बैंकिङ प्रणाली पूर्ण...

युद्धका कारण गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त

युद्धका कारण गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त भएको छ । यसले निराशाजनक अवस्था सिर्जना गरेको छ । मानिसहरूले डिलरहरूलाई ठूलो शुल्क तिरेर मात्रै आफ्नो पैसा निकाल्न पाउँछन् ।अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान शुरु भएदेखि गाजा पट्टी कडा नाकाबन्दीमा छ । जसमा नगदमा समस्या आएको छ । नगद बिना केही कुरा पनि किन्न मिल्दैन । औपचारिक बैंकिङको अभावमा गाजावासीहरू आफ्नो पारीश्रमीक प्राप्त गर्न इजाजतपत्र नभएका मुद्रा परिवर्तकहरूलाई अत्यधिक शुल्क तिर्न बाध्य छन् ।

    images
    images

    जुनको मध्यमा संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले ९५ प्रतिशतभन्दा बढी घरपरिवारले गम्भीर आर्थिक कठिनाइ भोगिरहेको देखाएको छ । व्यापक नगद अभावले खाद्यान्न खरिद गर्न लगभग असम्भव बनाएको देखाएको छ । नगद पाउनेहरूले अर्को समस्याको सामना गरिरहेका छन् किनभने विक्रेताहरूले जीर्ण नोटहरू स्वीकार गर्न अस्वीकार गरिरहेका छन् ।विक्रेताहरू र व्यापारीहरूले अब नयाँ मुद्रा नोटहरू मात्र स्वीकार गर्छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend