images

२०८३ आश्विन १९ गते

images
images
images

‘मैझारो’को छायांकन अन्तिम चरणमा

‘मैझारो’को छायांकन अन्तिम चरणमा

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भइरहेको यो फिल्म पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीय उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ।फिल्मको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीयस्थलहरूमा गरिएको छ। निर्देशक राईकाे अनुसार दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन्। फिल्मको कथा र पटकथा पनि उनैले लेखेका हुन्।

    images
    images

    मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।

    ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेकाे छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठाे स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend