images

२०८३ आश्विन २१ गते

images
images
images

रायो सागको भाउ बढ्यो,प्रतिकिलो कति ?

रायो सागको भाउ बढ्यो,प्रतिकिलो कति ?

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । स्थानीय बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार आइतबार सागको भाउ बढेको हो ।अहिले कालीमाटी बजारमा रायो, पालुंगो, तोरी लगायत साग किन्न पाइन्छ । आइतबार रायो सागको भाउ प्रतिकिलो थोकमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म तोकिएको छ ।

    images
    images

    शनिबार भने रायो साग प्रतिकिलो न्यूनतम ५० र अधिकतम ६० रुपैयाँमा किनबेच भएको थियो । आज रायो सागको भाउ किलोको २० रुपैयाँ बढेको हो ।यस्तै बजारमा पालुंगो साग प्रतिकि न्यूनतम ६० र अधिकतम ७० रुपैयाँ  तथा तोरीको साग प्रतिकिलो न्यूनतम ५० र अधिकतम ६० रुपैयाँमा किनबेच भइरहेको छ ।शनिबार भने पालुंगो साग प्रतिकिलो ४० देखि ५० र तोरी साग ५० देखि ६० रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend