बजारमा कुरिलोको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।आइतबार कालीमाटी बजारमा कुरिलो प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो एक साताअघिको तुलनामा प्रतिकिलो ५० रूपैयाँले महँगो हो।
गत आइतबार कालीमाटी बजारमा कुरिलो प्रतिकिलो थोक मूल्य दुई सय ५० देखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो।बजार कुरिलोको मूल्य गुणस्तरका आधारमा तय गरिन्छ।कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।
विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।




.gif)





