images

२०८३ आश्विन १९ गते

images
images
images

‘रक्षा बन्धन’ काे अवसरमा ‘पार्वती’ का दुई पोस्टर सार्वजनिक

‘रक्षा बन्धन’ काे अवसरमा ‘पार्वती’ का दुई पोस्टर सार्वजनिक

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’ का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति घोषणासहित २ पोस्टर सार्वजनिक भएका हुन्। निर्माण पक्षले उक्त फिल्म आउँदाे माघ १ गते प्रदर्शन बताएकाे छ।सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ।

    images
    images

    त्यस्तै दोस्रो पोस्टरमा उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदासहित प्रस्तुत भएकी छन्, जसले उनको निराश, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्छ।फिल्मको कथा निता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन्।निर्माण पक्षका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ।

    निर्माण पक्षले असोजबाट छायांकनमा निस्किने यो फिल्मको कथाकार तथा प्राविधिक कोको रहने केही खुलाएकाे छैन। निर्देशक अधिकारीका अनुसार केही दिनमा कलाकार तथा थप प्राविधिकहरूको जानकारी दिइने छ। उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ भने उपत्यका बाहिर एफडी कम्पनी रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend