images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • अभियान लघुवित्तको नाफा बढ्यो, आम्दानीमा उच्च...

अभियान लघुवित्तको नाफा बढ्यो, आम्दानीमा उच्च वृद्धि

अभियान लघुवित्तको नाफा बढ्यो, आम्दानीमा उच्च वृद्धि

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष (आव) मा २ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेको लघुवित्त गत आवमा ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। लघुवित्त गत वर्ष १८ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले  ७ करोड ६६ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

    images
    images

    त्यसैगरी कम्पनीको कुल सञ्चालन आम्दानी ८ करोड ९७ लाख रुपैयाँबाट बढेर २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष कम्पनी २ करोड ९२ लाख सञ्चालन घाटामा रहेकोमा गत वर्ष १० करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

    यससँगै अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ९.७९ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष २६.४२ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.९८ रुपैयाँ रहेको छ। चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १० करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा (लाभांश क्षमता) ७ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ४ करोड रुपैयाँ ऋणात्मकमा झरेको छ। अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) पनि गत वर्ष घटेर ४ प्रतिशतमा झरेको छ। कम्पनीले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend