काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.०८ प्रतिशत कम हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ । यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ ।त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै, बैंकको खराब कर्जा ४.९४ प्रतिशत रहेको छ ।
यस बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ । गत आवसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।




.gif)





