काठमाडौं, साउन २४ (साउन शुक्ल पूर्णिमा)–आज पूरै नेपालभर जनै पूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन पर्व श्रद्धा र भक्ति साथ मनाइँदैछ। विशेषगरी ब्राह्मण र क्षत्रिय समुदायका टागाधारी (जनै लगाउने) व्यक्तिहरूले आजको दिनलाई अत्यन्तै पवित्र अवसरका रूपमा मनाउँछन्।

आजको दिन बिहानै नुहाईधुवाई गरी, केशछेदन (कपाल काट्ने) गरेपछि विधिपूर्वक पुरानो जनै फेर्नु परम्परा रहिआएको छ। नयाँ जनै धारण गरी मन, वचन र कर्मलाई शुद्ध राख्ने प्रण गरिन्छ। यो संस्कारलाई आत्मानुशासन, आत्मसंयम र संस्कारिकताको प्रतीक मानिन्छ।
त्यसैगरी, आजको दिन रक्षाबन्धनको अवसरमा पण्डितहरूले मानिसहरूको हातमा रक्षा सूत्र बाँधिदिने चलन पनि रहेको छ। यसले देवी–देवताबाट प्राप्त हुने सुरक्षा, शक्ति र सद्बुद्धिको प्रतीकका रूपमा लिइन्छ।
काठमाडौँको बगमती नदी किनार लगायत देशभरका तीर्थस्थलहरूमा बिहानै देखि श्रद्धालुको भीड लागेको छ। ऋषि तर्पणीको अवसरमा पितृको स्मरण गर्दै तर्पण, पूजा, होम, तथा ब्राह्मण भोजको समेत आयोजना गरिएको छ।
जनै पूर्णिमा सँगै अब गाईजात्रा पर्व पनि काठमाडौँ उपत्यकामा सुरु हुँदैछ।




.gif)





