अश्गाबात, तुर्कमेनिस्तान–प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कंदै हुनुहुन्छ।
उहाँले तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा सम्पन्न सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो। सम्मेलनमा सहभागी भएर सफलतापूर्वक नेपाली पक्ष राखिसकेपछि प्रधानमन्त्री ओली आज बिहान तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईतर्फ प्रस्थान गर्नुभएको हो।
उहाँलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री सित मेरे डोभले विदाई गर्नुभएको थियो।
प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्ने कार्यक्रम रहेको छ।




.gif)





