images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • १० वर्षदेखि विश्व विद्यालयहरूले लेखापरीक्षण गरेका...

१० वर्षदेखि विश्व विद्यालयहरूले लेखापरीक्षण गरेका छैनन् : महालेखापरीक्षक राया

१० वर्षदेखि विश्व विद्यालयहरूले लेखापरीक्षण गरेका छैनन् : महालेखापरीक्षक राया

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौं । महालेखापरीक्षक तोयम रायाले विश्व विद्यालयहरूले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेको बताएका छन् । शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षक रायाले आगामी दिनमा विश्वविद्यालयसहित सबै इकाइहरूको अडिटलाई प्राथमिकतामा राख्ने बताए । 

    images
    images

    उनका अनुसार, लामो समयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चारवटाबाहेक अहिले प्रायको लेखापरीक्षण गरिएको उल्लेख गरे । संघीय निकायहरूको बेरुजु बढ्नेक्रम जारी छ । यसलाई घटाउन प्रभावकारी कार्ययोजना बनाएर लाग्नुपर्ने बताए । रायाले १० वटा मन्त्रालयको ९१ प्रतिशत बेरुजु देखिनु राम्रो नभएको बताउँदै बेरुजुलाई शून्यमा झर्ने गरी कामकारबाही अघि बढाउनुपर्नेमा जोड दिए ।

    "केही समयअघिसम्म १०० भन्दा बढी त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न इकाइहरूको अडिट हुन सकेको रहेनछ । असार मसान्तभित्रै अडिट सकिएको छ । आगामी दिनमा सबै निकाय, इकाइहरूको लेखापरीक्षण गरिनेछ," उनले भने । महालेखा परीक्षक रायाले हरेक वर्षका महालेखाका प्रतिवेदनहरू लेखासमितिमा छलफल हुनुपर्ने बताए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend