images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • अनुमति नलिएका ४५ शैक्षिक परामर्श केन्द्र...

अनुमति नलिएका ४५ शैक्षिक परामर्श केन्द्र बन्द गर्न निर्देशन

अनुमति नलिएका ४५ शैक्षिक परामर्श केन्द्र बन्द गर्न निर्देशन

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • चितवन । शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरू बन्द गर्न निर्देशन दिइएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरूलाई बन्द गर्न भनिएको छ ।

    images
    images

    प्रजिअ पौडेलले भने, ‘जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौँ । अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।’अनुमति बिना  सञ्चालनमा आएका परामर्श केन्द्रहरूबाट ठगिएको सूचनाका आधारमा जिल्ला प्रशासनले  विभिन्न चरणमा आवश्यक काजगपत्र पेस गर्न सूचना जारी गरेको थियो ।उनका अनुसार पहिलो चरणमा २४१ वटा, दोस्रो चरणमा १६ वटा र तेस्रो चरणमा २१ वटाले कागजपत्र पेस गरेका छन् । तीबाहेक अन्यलाई बन्द गर्न निर्देशन दिइएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend