images

२०८३ आश्विन १९ गते

images
images
images

बलिउड कलाकार दीपराजले अभिनय गर्दै नेपाली फिल्म ‘सुख दुःख’

बलिउड कलाकार दीपराजले अभिनय गर्दै नेपाली फिल्म ‘सुख दुःख’

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौँ । बलिउड फिल्म ‘साथिया’का अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । फिल्मकी निर्देशक निता ढुङ्गाना अधिकारीले उनलाई फिल्मको लागि अनुबन्धित गरेकी हुन् ।

    images
    images

    सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता फिल्ममा अभिनय गरेका दीपराजले नेपाली फिल्म कोहिनूरमा समेत अभिनय गरेका थिए । स्व. श्रीकृष्ण श्रेष्ठको उक्त फिल्ममा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली फिल्ममा देखिन लागेका हुन् ।निता यसै फिल्मबाट निर्देशक बन्न लागेकी हुन् । आगामी फागुनदेखि छायाङ्कन सुरु गर्ने तयारीमा रहेको यस फिल्मका लागि निर्माण टिमले हालै बिपना थापालाई पनि अनुबन्ध गरेको थियो ।

    फिल्ममा दीपराज, बिपना बाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन् । फिल्मको छायाङ्कनका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend