images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमको नेटवर्कमा समस्या,निकायले ध्यान नदिएको...

नेपाल टेलिकमको नेटवर्कमा समस्या,निकायले ध्यान नदिएको गुनासो

नेपाल टेलिकमको नेटवर्कमा समस्या,निकायले ध्यान नदिएको गुनासो

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • बाजुराको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ ।विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।

    images
    images

    नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ । उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन् ।हरेक असारदेखि असोज पहिलो सातासम्म नेटवर्कले काम नगर्ने गरेको स्थानीय रमेश विष्टले बताए । उनले भने, ‘नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै जाँदा फोन सम्पर्क गर्न समेत गाह्रो हुने गरेको छ । फोन सम्पर्क, इन्टरनेट प्रयोग, एसएमएस सेवालगायतका नियमित कार्यमा समेत बाधा पुगेको छ ।’

    विष्टले फोन गर्दा समयमै नलाग्ने फोन लागि हालेमा राम्रोसँग कुराकानी नहुने अवस्था रहेको जानकारी दिएका छन् । सामान्य कुराकानी गर्न वा आपत्कालीन अवस्थामा समेत नेटवर्कले धोका दिने गरेको छ । नेटवर्क समस्याबारे पटकपटक गुनासो गर्दै आएपनि समस्या समाधान नभएको स्थानीयको भनाइ छ । त्यस्तै यता बडिमालिका नगरपालिका वडा नम्बर ७ मा पनि नेटवर्कले काम नगर्ने गरेको स्थानीयको गुनासो छ । 

    images
    images

    वडाको जिल्ली, सुनकाना, पोखरा, सिराडी, रजातोली, ढम्कनेलगायतका बस्तीमा राम्रोसँग नेटवर्कले काम नगर्दा फोन नलाग्ने, फोन लागेपनि आवाज काटिएर सुनिने गरेको फोरजी सेवा समेत प्रभावित रहेको स्थानीयले भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend