images

२०८३ आश्विन १९ गते

images
images
images
  • कला / संस्कृति
  • तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खानाको व्यवस्था...

तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खानाको व्यवस्था गर्न निर्देशन

तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खानाको व्यवस्था गर्न निर्देशन

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने, बस्ने व्यवस्था मिलाउन धार्मिक मार्गका होटल सञ्चालकलाई जिल्ला अनुगमन समितिले अनुरोध गरेको छ । तीर्थयात्रीको सहजताका लागि सर्वसुलभ र गुणस्तरीय खाना तथा बासस्थानको व्यवस्था गर्न होटल व्यवसायीलाई समितिले निर्देशन दिएको हो ।विगतमा तीर्थयात्रीले ठगिएको भन्ने जनगुनासा आएपछि अनुगमन समितिमार्फत स्थानीय प्रशासनले गोसाइँकुण्ड धार्मिक मार्गका होटलमा स्थलगत निरीक्षण गरी सर्वसुलभ र गुणस्तरीय खाना तथा बासस्थानको व्यवस्था गर्न होटल व्यवसायीलाई समितिले निर्देशन दिएको हो ।

    images
    images

    जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले धार्मिक मार्गमा रहेका स्थायी संरचनाका होटल तथा लज र मेला अवधिसम्मका लागि बनाइएका अस्थायी प्रकृतिका छात्रो (स्थानीय भाषामा थर्कु)समेतको निरीक्षण गरी गुणस्तरीय सेवा दिन व्यवसायीलाई निर्देशन दिएको हो ।संयोजक अधिकारीका अनुसार उद्देश्य विपरीत स्थायी लेखा नम्बर  (प्यान) राखी होटल, लज सञ्चालन गरेको, पाक नपु¥याएको खाना खुवाउने गरेको, लत्ता कपडालगायत कोठाको सफाइमा नभएको, मूल्य सूची नराखी आफूखुसी रकम लिने गरेको, बिलबिजक नराखेकोलगायत लापरबाही गरेको देखिएकाले उपभोक्ता संरक्षण ऐन अनुसार व्यवसाय सञ्चालन गर्न निर्देश गरिएको छ ।

    नयाँ विपरीत काम गर्ने पैदल मार्गका २६ होटललाई जरिवानासमेत तिराइएको बताउँदै संयोजक अधिकारीले धार्मिक मार्गमा मदिरा बेच्ने, निषेध गरिएको र म्याद गुज्रेका सामग्री फेला परेकाले ती सामग्री जफत गरी नष्ट गरिएको जानकारी दिए । उनका अनुसार कारवाहीमा परेका २६ होटल सञ्चालकबाट रु तीन लाख ८० हजार जरिवानाकापतको रकम सङ्कलन भएको छ ।धार्मिक मार्गमा यात्रुहरू ठगिनसक्ने अवस्थालाई मध्यनजर राख्दै कालोबजारी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले थालेकाे प्रयास प्रशंसायोग्य रहेको स्थानीले बताएका छन् । यात्रीलाई सहयोग गर्न र कालोबजारी नियन्त्रण तथा निगरानी बढाउन सादापोशाकका प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    images
    images

    यही साउन २४ गते विशेष मेला भर्न आउने यात्री ठगिएमा नजिकको प्रहरी वा जिल्ला प्रहरी कार्यालयको मोबाइल नं ९८५१२७५५५५ र जिल्ला प्रशासन कार्यालय रसुवाको मोबाइल नं ९८५१२२७७७७ मा खबर गरी सहयोग गर्न स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend