images

२०८३ आश्विन १९ गते

images
images
images

बौद्धमा यस वर्षपनि साउन २६ गते रोपाइँ जात्रा मनाइने

बौद्धमा यस वर्षपनि साउन २६ गते रोपाइँ जात्रा मनाइने

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं ।  काठमाडौंको बौद्धमा यस वर्षपनि भव्य रूपमा रोपाइँ जात्रा मनाइने भएको छ ।  गाईजात्रा तथा रोपाइँ जात्रा मूला समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रा साउन २६ गते भव्य रूपमा मनाउने जनाएको हो । बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँ जात्रा (घोनाई) सो क्षेत्रको पहिचानका रूपमा छ ।

    images
    images

    यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपार, वाल लाँखे, युवा लाँखे , झाँकी लगायत विभिन्न विधामा प्रतिस्पर्धीहरुलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिका संयोजक जयमंगल लामाले जानकारी दिए  ।  त्यस्तै काठमाडौं महानगरपालिका– ६ का वडाअध्यक्ष भुवन लामाले ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा भव्य रूपमा सम्पन्न गर्नका लागि महानगरबाट यस वर्ष १५ लाख विनियोजन गरिएको जानकारी दिए । आफ्नो टोल समाजमा भएका संस्कृतिलाई सबै मिलेर जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए ।  

    गाईजात्राको भोलीपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । खेतीपातीको कार्य सम्पन्न गरिएको खुसीयाली साथ मनाइने यो जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरधुरीबाट सहभागी हुने चलन छ । बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीहरूले रोपाइँ गरिँदा गरिने अनेकन् क्रियाकलापहरू जस्तै: हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीहरूसहित बौद्धस्तूप परिक्रमा गरी यो जात्रा मनाउने गर्दछन् । जात्रामा सहभागी हुनेहरू विभिन्न झाँकीसहित बौद्धपिपलबोटदेखि टुसालचोकसम्म पुगी पुनः बौद्धस्तुप परिसरमा फर्कने गर्दछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend