images

२०८३ आश्विन १९ गते

images
images
images

रेखाको तीज गीत ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक

रेखाको तीज गीत ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं- हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यस वर्ष पनि गायिका रेखा शाहले तीज गीतको मर्मलाई समेटेर नयाँ गीत र म्युजिक भिडियो ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक गरेकी छिन्।‘सिमसिमे पानीमा’ फेम्ड गायिका शाहको यस गीतमा पवन रानाभाटको शब्द, सङ्गीत, सङ्गीत संयोजन र मास्टरिङ रहेको छ भने सुनीलकुमार शर्मा (शर्माजी प्युठान) को शब्द रहेको छ ।अभिनेत्री नीति शाह र गायिका रेखा शाहको अभिनय र नृत्य रहेको भिडियोलाई कोरियोग्राफर स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् ।रूपेश थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोले तीज गीतको गरिमालाई अझ बढाउनेमा गायिका शाह विश्वस्त छिन्।

    images
    images

    उनी भन्छिन्, “तीज गीतको आफ्नै सांस्कृतिक र साङ्गीतिक महत्त्व छ । विगतका गीतहरूजस्तै मौलिकतालाई मैले निरन्तरता दिएकी छु । स्रोता र दर्शकले अवश्य मन पराउनुहुनेछ ।”अहिलेकी व्यस्त अभिनेत्री नीति शाहले राम्रो गीत भएकोले आफूले अभिनय गरेको बताइन् । उनले भनिन्, “रेखा दिज्यू हाम्री लिजेन्ड हुनुहुन्छ; उहाँको गीतमा अभिनय गर्न पाउँदा मलाई खुशी लागेको छ ।”रेखा शाह फाउन्डेसनले निर्माण गरेको गीत र म्युजिक भिडियोलाई रेखा शाह युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend