images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सशस्त्र प्रहरीले देशभर ४१ स्थानमा मनसुन...

सशस्त्र प्रहरीले देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना गर्‍यो

सशस्त्र प्रहरीले देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना गर्‍यो

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौँ, २२ साउन। सशस्त्र प्रहरी बल नेपालले मनसुनका कारण उत्पन्न हुन सक्ने विपद्‌को प्रतिकार्य र उद्धारलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका सहित देशभर ४१ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ।

    images
    images

    काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी, ललितपुरको लेले र भक्तपुरको सानोठिमीमा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक कालिदास धौवजीका अनुसार यी बेसहरूबाट विपद्‌मा परेकाहरूको उद्धार र सहयोग कार्य सञ्चालन भइरहेको छ।

    अन्य प्रदेशमा स्थापना भएका बेसहरू यसप्रकार छन्ः

    images
    images

    कोशी प्रदेशः मोरङ (बखरी), ओखलढुङ्गा (हर्कपुर)

    मधेस प्रदेशः सप्तरी (भारदह, बर्साइन), सिरहा (मिल), धनुषा (दुवरकोट), महोत्तरी (रघुनाथपुर, बनौटा), सर्लाही (धरहरा), रौतहट (फतुवा), बारा (तेलकुवा, कलैया), पर्सा (पोखरिया)

    बाग्मती प्रदेशः मकवानपुर (सुनौला), काभ्रे (खालथोक, मङ्गलटार), नुवाकोट (खरानीटार), चितवन (भालढुङ्गा), दोलखा (लिङ्कन बजार, सिङ्गटी), रसुवा (तातोपानी)

    गण्डकी प्रदेशः पर्वत (खहरे), गोरखा (आरुघाट), पूर्वी नवलपरासी (चोरमारा), कास्की (छाचोक)

    लुम्बिनी प्रदेशः बर्दिया (राजापुर), रुपन्देही (बुटवल), बाँके (कुण्डा, कचनापुर), गुल्मी (तुराङ्ग), पाल्पा (दोभान)

    कर्णाली प्रदेशः जुम्ला (बड्की), मुगु (डिमुरखारा), जाजरकोट (दल्ली)

    सुदूरपश्चिम प्रदेशः कैलाली (खानी डाँडा), डोटी (बुडर)

    धौवजीका अनुसार, उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन जोखिमयुक्त क्षेत्रहरू पहिचान गरेर फौज सहितको उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ। साथै, सशस्त्र प्रहरी बलले देशभर १ लाख ६८ हजार ९५६ जना विपद् सूचक तयार गरेको छ भने ९९० जनालाई विपद् स्वयंसेवक तालिम दिइसकेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend