काठमाडौं, २१ साउन–लोकप्रिय लोकगायक पशुपति शर्मा सवार कार स्याङ्जाको भीरकोट नगरपालिका–२ मा बुधबार दिउँसो दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी बाबुराम न्यौपानेका अनुसार पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई सडक छेउको कल्भर्टमा ठोक्किएको हो। दुर्घटनामा गायक शर्मा सहित कारमा सवार चार जना व्यक्ति थिए।
डिएसपी न्यौपानेले जानकारी दिए अनुसार दुर्घटनामा गम्भीर चोटपटक नलागेको गायक शर्माको देब्रे हातको कान्छी औंला भने भाँचिएको छ। अन्य व्यक्तिहरू सामान्य छन् भने कारमा सामान्य क्षति पुगेको छ।
गायक शर्मा एक सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका थिए।




.gif)





