images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • हुन्डाई नेपालद्वारा “हुन्डाई औसम अगस्ट” योजना...

हुन्डाई नेपालद्वारा “हुन्डाई औसम अगस्ट” योजना घोषणा

हुन्डाई नेपालद्वारा “हुन्डाई औसम अगस्ट” योजना घोषणा

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले  "Hyundai Awesome August" योजना सुरु गरेको छ।यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्। २०८२ साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको NAIMA मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ। हुन्डाईको स्टल नम्बर L4 रहेको छ।

    images
    images

    यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा रु. ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन्। यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ। "Hyundai Awesome August" योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ। विजेता जोडीको  तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ। NAIMA मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्। यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन्। दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।

    हुन्डाईले आफ्नो Grand i10 NIOS, Venue, Creta Electric, Creta Ice and Ioniq 5 जस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको छ। यस अभियानले ग्राहकहरूलाई आकर्षक अफरहरू मात्र नभई यात्रा र उत्साहको अवसर पनि प्रदान गर्दछ।हुन्डाई नेपाल सम्पूर्ण ग्राहकवर्ग तथा  गाडी किन्न इच्छुक महानुभावहरुलाई NAIMA मोबिलिटी एक्स्पो २०८२ मा हुन्डाईको स्टल नम्बर L4 मा उपस्थित हुन अनुरोध गर्दछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend