images

२०८३ आश्विन १८ गते

images
images
images

आलुको भाउ बढ्यो, किलोको कति ?

आलुको भाउ बढ्यो, किलोको कति ?

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं । स्थानीय बजारमा आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार आलुको भाउ बढेको देखाएको हो ।बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।

    images
    images

    आज बुधबार कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ४६ देखि अधिकतम ४९ रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै रातो आलु भारतीयको प्रतिकिलो थोक मूल्य न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँ कायम छ । आलु रातो मुडेको प्रतिकिलो न्यूनतम ४३ देखि अधिकतम ४५ रुपैयाँ र सेतो आलु न्यूनतम ३७ देखि अधिकतम ३९ रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो मंगलबार आलु रातो प्रतिकिलो ४४ देखि ४७, आलु रातो भारतीय ३५ देखि ३८ र आलु रातो मुडेको ४२ देखि ४५ र सेतो आलु ३४ देखि ३६ रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै २१ असारमा आलु रातो प्रतिकिलो ४२ देखि ४५, आलु रातो भारतीय ३६ देखि ४० र आलु रातो मुडेको ३६ देखि ३८ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend