images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ११ करोड बढी...

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • कञ्चनपुर ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट रु ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबरको राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा बढी राजस्व सङ्कलन गरेको हो ।

    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाकेन्द्रदेव भट्टले अघिल्लो आवको तुलनामा अवैध रुपमा भन्सार छली चोरी नेपाल भित्र्याएका भन्सार छलीका सामान बरामद गरी कारबाही लागि भन्सार कार्यालय बुझाएको जानकारी दिए । 

    उनका अनुसार आव २०८०/८१ मा रु चार करोड ७६ लाख ७९ हजार ४०० बराबरको भन्सार छलीका सामान बरामद गरिएको थियो । ‘सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरेका छौँ’, सशस्त्र प्रहरी उपरीक्षक भट्टले भने, ‘अघिल्लो आवको तुलनामा झण्डै तेब्बर मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेका छौँ ।’ 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend