images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत...

मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग

मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौँ ।  मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ ।उन्सिल सम्वन्धी विधेयकमा छलफल चलाईरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर वहादुर थापालाई सुझावपत्र बुझाउँदै संघले प्रतिनिधित्वको माग गरेको हो ।विधेयकको दफा ६ 'घ' मा छापा, अनलाईन, रेडियो र टेलिभिजनका प्रकाशक, सम्पादक, श्रमजीवी पत्रकारहरुको प्रतिनिधित्व हुने व्यवस्था गरिएपनि अनलाइन टिभीलाई भने वेवस्ता गरिएको भन्दै संघले समितिको ध्यानाकर्षण गराएको हो । संघको तर्फबाट अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले सभापति थापालाई सिंहदरवारस्थीत कार्यकक्षमै भेटेर पछिल्लो समयमा सबैभन्दा बढी प्रभावकारी भएका र संख्याको हिसावले पनि सबैभन्दा धेरै रहेका अनलाइन टिभीहरुको प्रतिनिधित्व काउन्सिलमा हुनुपर्ने माग राखेको हो । 

    images
    images

    संघको तर्फबाट सभापति थापालाई दिएको सुझावपत्रमा लेखिएको छ, 'काउन्सिलमा सबैभन्दा धेरै उजुरी पर्ने, सबैभन्दा धेरै विकास हुदै गएको र सबैभन्दा धेरै प्रभावशाली हुदै गएको अनलाइन टिभीको प्रतिनिधित्व अनिवार्य हुुनुपर्दछ । माध्यम अनुसारको समावेशी प्रतिनिधित्वसँगै प्राविधिक, व्यवहारिक र न्यायोचित दृष्टीकोणले पनि काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व आवश्यक छ ।'

    प्रेस काउन्सिलकै अघिल्लो बर्षको विवरण अनुसार देशभरी नियमित प्रकाशित सबै प्रकारका पत्रिकाको संख्या ७७९ रहेको, प्रसारण अनुमति लिएका रेडियोको संख्या ११९२ र टिभीको संख्या २४६ रहेकोमा अनलाइनको संख्या ४६२२ र अनलाइन टिभीको संख्या त्यो भन्दा धेरै रहेको अध्यक्ष भण्डारीको दावी छ । संघको सुझावपत्र बुझेपछि समितिका सभापति थापाले संघको सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै समितिमा छलफल गरेर व्यवहारिक सुझावहरुलाई समेट्ने आश्वासन दिएको भण्डारीले बताए ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend