images

२०८३ आश्विन २५ गते

images
images
images

आज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • नेपाल राष्ट्र बैंकलाई बैंकिङ प्रणालीको तरलता व्यवस्थापनमा सकस परिरहेको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भएपछी आज साउन २१ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ।यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    images
    images

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो ३५ दिने निक्षेप संकलन उपकरणको भदौ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend