काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४९ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, आलु सेतो प्रतिकिलो ३९ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८५रुपैयाँ , काउली तराई प्रतिकिलो ६० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो ८० रुपैयाँ र मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ७५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६५, घिउ सिमी (राज्मा) प्रतिकिलो १४०, टाटे सिमी प्रतिकिलो ६५, भटमास कोसा प्रतिकिलो १३०, तीतो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो ५५, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ३५, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ९० र भिण्डी प्रतिकिलो ५५ रुपैयाँ कायम गरिएको छ ।त्यसैगरी, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ४५, पालुङ्गो साग प्रतिकिलो ६०, तोरीको साग प्रतिकिलो ५०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो २१०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २६०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो १७०, पुदिना प्रतिकिलो ३००, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकेकोे छ ।समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १४०, कागती प्रतिकिलो १५०, अनार प्रतिकिलो ४००, आँप (माल्दह) प्रतिकिलो २००, आँप (दशहरी) प्रतिकिलो २००, आँप (चोसा) प्रतिकिलो १७०, सुन्तला (भारतीय) प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २४०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, रुखकटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ७०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो २५०, र लप्सी प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो ९०, खुर्सानी सुकेको प्रतिकिलो ३५०, खुर्सानी हरियो प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४०, खुर्सानी हरियो माछे प्रतिकिलो ७०, खुर्सानी अकबरे प्रतिकिलो २२०, भेडे खुर्सानी प्रतिकिलो ७५, लसुन हरियो प्रतिकिलो १००, हरियो धनियाँ प्रतिकिलो ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६०, छ्यापी सुकेको प्रतिकिलो १८०, छ्यापी हरियो प्रतिकिलो १८०, माछा सुकेकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३००, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी १००० रुपैयाँ निर्धारण गरिएको छ ।




.gif)





