images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • ‘करियर कार्निवल २०२५’–शैक्षिक मेला युवा रोजगारीको...

‘करियर कार्निवल २०२५’–शैक्षिक मेला युवा रोजगारीको नयाँ युगतर्फ एक सार्थक पाइला

‘करियर कार्निवल २०२५’–शैक्षिक मेला युवा रोजगारीको नयाँ युगतर्फ एक सार्थक पाइला

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं–देशका युवाहरूलाई स्वदेशमै सम्भावना र अवसरका ढोका खोल्ने उद्देश्य सहित ‘करियर कार्निवल २०२५’ आयोजना हुँदैछ। श्रावण २१ गते (अगस्ट ५), नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने यस विशेष कार्यक्रमको मूल मन्त्र रहेको छ –‘स्वदेशी शिक्षा, आजको आवश्यकता’।

    images
    images

    आयोजकको भनाइमा, यो कार्निवल केवल सूचना वा प्रचारको कार्यक्रम मात्र नभई, स्वदेशी सीप, शिक्षा र उद्यमशीलताको प्रवर्द्धन गर्ने साझा मञ्च हो, जसले नेपाली युवालाई रोजगारका लागि विदेश जानु पर्ने बाध्यता हटाउँदै आफ्नै देशभित्र सम्भावनाको खोजी गर्न प्रेरित गर्नेछ।

    कार्यक्रममा विविध क्षेत्रका विशेषज्ञ, उद्योगी–व्यवसायी, शैक्षिक संस्थाहरू, उद्यमी, युवा नेताहरू तथा रोजगारदाताहरूको सहभागिता रहनेछ। सहभागीहरूका लागि करियर गाइडेंस, स्किल वर्कशप, नेटवर्किङ अवसर, तथा प्रत्यक्ष रोजगारी आवेदनको समेत व्यवस्था गरिएको छ।

    images
    images

    ‘करियर कार्निवल २०२५’ ले नेपाली युवामा जागरुकता फैलाउने र ‘पढाइ पछि रोजगारी’ को सशक्त संयोजन निर्माण गर्ने दृढ लक्ष्य बोकेको छ। आयोजक संस्थाका अनुसार, यो कार्यक्रम भविष्यमा हरेक वर्ष दोहोरिने किसिमको राष्ट्रिय अभियानको रूपमा अघि बढाइनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend