images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अनलाइन पत्रिका दर्ता तथा नविकरण अनिश्चितकालका...

अनलाइन पत्रिका दर्ता तथा नविकरण अनिश्चितकालका लागि स्थगित

अनलाइन पत्रिका दर्ता तथा नविकरण अनिश्चितकालका लागि स्थगित

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं, २१ साउन–नेपाल सरकारले अनलाइन पत्रिका दर्ता तथा नविकरण प्रक्रिया अनिश्चितकालका लागि स्थगन गरेको छ। सूचना तथा प्रशारण विभागले एक सूचना प्रकाशित गर्दै साउन १४ गतेदेखि अनलाइन दर्ता र नविकरण सम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिएको जानकारी गराएको हो।

    images
    images

    यसअघि अनलाइन सञ्चार माध्यमहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रशारण विभाग मार्फत दर्ता तथा नविकरण हुँदै आएका थिए। तर, १४ गते नेपाल राजपत्रमा स्थानीय तहका कार्यालय मार्फत दर्ता गर्ने व्यवस्था उल्लेख भएपछि विभागले तत्काल प्रभावले काम रोक्ने निर्णय गरेको हो।

    यस निर्णयपछि देशभर सञ्चालनमा रहेका सयौं अनलाइन पत्रिका अलमलमा परेका छन्। विशेषगरी चालू आर्थिक वर्षका लागि नविकरण प्रक्रिया थाल्न तयारी अवस्थामा रहेका सञ्चालकहरू अन्योलमा परेका छन्।

    images
    images

    यता जिल्ला प्रशासन कार्यालयमा भने हालसम्म अनलाइन पत्रिका दर्ता वा नविकरणको प्रक्रिया सुरु गरिएको छैन। नयाँ प्रणाली कार्यान्वयन हुन समय लाग्ने देखिएकाले तत्कालका लागि अनलाइन सञ्चारमाध्यमका लागि प्रशासनिक अन्योल थपिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend