images

२०८३ आश्विन १९ गते

images
images
images

‘कोशेढुङ्गा’को ‘भँगेरा भँगेरी’ गीत सार्वजनिक

‘कोशेढुङ्गा’को ‘भँगेरा भँगेरी’ गीत सार्वजनिक

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौँ । ‘कोशेढुङ्गा’ भदौ १२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मले नयाँ गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक गरेको हो । गीतमा प्रेमिप्रेमिकाले एकअर्कालाई जिस्काउँदै प्रेम साटेको देखाइएको छ । भँगेरा र भंगेरीको मायालाई बिम्ब बनाएर तयार गरिएको गीतमा बैँस साट्ने मायालु जोडीको कथा छ ।रिदम कँडेल र बेनिशा पौडेलको स्वर रहेको गीतमा सङ्गीत रिदम कँडेलले दिएका छन् । बिदुर तिमल्सिना (देवदूत)को शब्द रहेको गीतमा  कलाकार सुरक्षा पन्त र मन्जिल कुमारको अभिनय छ ।

    images
    images

    सरोज पौडेलको निर्देशन रहेको फिल्म नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्यमा बनेको हो । फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ ।

    प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन गरेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको सङ्गीत छ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend