images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एशियन लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने...

एशियन लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आज कार्यालय समय भित्र आवेदन दिनु पर्ने हुन्छ ।इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरेको थियो । यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    images
    images

    इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

    हाल इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend