images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • एकैदिन २३ जना कालोसूचीमा, बैंकिङ कारोबारमा...

एकैदिन २३ जना कालोसूचीमा, बैंकिङ कारोबारमा पर्नेछ असर

एकैदिन २३ जना कालोसूचीमा, बैंकिङ कारोबारमा पर्नेछ असर

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौं, कर्जा सूचना केन्द्रले साउन १८ गते एकैदिन २३ जना व्यक्तिलाई कालोसूचीमा राखेको छ। ती सबै व्यक्तिहरू बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमा नतिरेको वा फिर्ता नगरेको कारणले कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ।

    images
    images

    यसरी कालोसूचीमा परेपछि सम्बन्धित व्यक्तिको आर्थिक आचरणमाथि प्रश्न उठ्ने गर्छ। साथै, यसले उनीहरूको बैंकिङ कारोबारमा प्रतिकूल असर पुर्‍याउनेछ।

    कालोसूचीमा परेका व्यक्तिहरूको नामावलीः १. पवित्रा अधिकारी २. आमना खातुन ३. तारा कुमारी क्षेत्री ४. हरिमाया यादव ५. सजनी हरिजन ६. निर्मला राई थिङ ७. चित्र कुमारी कार्की जैन ८. चन्द्रकला कटुवाल राई ९. निर कुमारी थापा १०. रेखा परियार ११. सुनिता परिवार १२. रिखा माया सुन्दास १३. बिना महतो १४. फुदिनी डोम १५. हेरानी देवी डंगुरा १६. अनु थापा १७. ललिता कुमारी १८. कल्पना राई १९. लिला वार्ड २०. सपना गुरुङ आले मगर २१. मानो देवी मुसहर २२. लक्ष्मी गुरुङ २३. टिका डम्मरपाल

    images
    images

    किन पर्छ कालोसूचीमाः बैंक वा वित्तीय संस्थाबाट लिएको कर्जा तोकिएको समयसीमा भित्र नतिर्ने, ब्याज वा किस्ता नबुझाउने, पटक–पटक सम्झौता उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ। यस्तै, नक्कली कागजात प्रयोग गर्ने, झूठो विवरण पेश गर्ने, चेक बाउन्स हुने, वा जमानतमा कानुनी जटिलता देखिएमा पनि व्यक्ति कालोसूचीमा पर्न सक्छन्।

    कालोसूचीमा परेपछि के असर पर्छः कालोसूचीमा परेपछि नयाँ कर्जा पाउन गाह्रो हुन्छ, पहिलाको कर्जा नवीकरण गर्न समेत समस्या आउन सक्छ। बैंक खाता खोल्न, क्रेडिट कार्ड लिन, बैंक ग्यारेन्टी वा अन्य वित्तीय सेवा उपयोग गर्न समेत कठिन हुन्छ। वैदेशिक रोजगारीका लागि आवश्यक कागजात प्रक्रियामा पनि अवरोध आउन सक्छ। यसले व्यक्तिको व्यवसायिक तथा व्यक्तिगत छविमा गम्भीर असर पार्न सक्छ। यदि कर्जा नतिर्ने अवस्था लामो समयसम्म कायम रह्यो भने कानुनी कारबाहीको प्रक्रिया समेत अगाडि बढ्न सक्छ।

    कालोसूचीबाट हट्न के गर्नुपर्छ? कालोसूचीबाट हट्न बाँकी कर्जा, ब्याज तथा जरिवाना रकम पूर्ण रूपमा तिर्नुपर्ने हुन्छ। त्यसपछि सम्बन्धित बैंक वा वित्तीय संस्थासँग सम्पर्क गरी चुक्ता प्रमाणित गराउनुपर्छ। यदि कुनै गलत विवरणका कारण नाम कालोसूचीमा परेको हो भने, प्रमाणसहित लिखित उजुरी दिन सकिन्छ। बैंकको सिफारिसमा मात्रै कर्जा सूचना केन्द्रले नाम हटाउने प्रक्रिया सुरु गर्छ।

    तर, कर्जा चुक्ता गरेपछि पनि तुरुन्तै सूचीबाट नाम हट्दैनः यसका लागि समय लाग्न सक्छ। त्यसैले सबै कागजात तयारीसाथ प्रक्रियामा जान सुझाव दिइन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend