images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७...

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौँ, साउन १९–राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी परीक्षा उत्तीर्ण भएका छन्।

    images
    images

    बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ३८.८३ प्रतिशत विद्यार्थीले एनजी (नन ग्रेड) प्राप्त गरेका छन्। यस अर्थमा ती विद्यार्थीहरू अनुत्तीर्ण भएका हुन्।

    गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षा देशभरबाट पाँच हजार २०२ विद्यालयका विद्यार्थीहरूले दिएका थिए। नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी कुल तीन लाख ९५ हजार ९०८ विद्यार्थी सहभागी भएका थिए।

    images
    images

    त्यस्तै, आंशिकतर्फका परीक्षार्थी संख्या एक लाख १५ हजार ६१७ रहेको बोर्डले जनाएको छ। यसअनुसार कक्षा १२ को परीक्षामा कुल पाँच लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए।

    राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीहरूलाई आफ्नो नतिजा वेबसाइट, एसएमएस तथा मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend