बजारमा हरियो धनियाँको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।सोमबार कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य न्यूनतम चार सयदेखि अधिकतम पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो एक सय रूपैयाँले बढी हो।गत सोमबार कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम चार सय रूपैयाँमा कारोबार भइरहेको थियो।
वसायीहरूका अनुसार अहिले हरियो धनियाँको सिजन होइन। अफ सिजन भएकाले मूल्य बढेको हो। अहिले होटल तथा रेष्टुरेन्टमा हरियो धनियाँको माग बढी छ। हाल कालीमाटी बजारमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हरियो धनियाँ आउने गरेको छ।




.gif)





