ट्रेड टावरको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । यस अघिका १२२ कारोबार दिनमा सकारात्मक सर्किट लागेको यो कम्पनीमा आजको कारोबार जारी रहँदा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ ८० पैसाले घटेर १ हजार ३३ रुपैयाँ २० पैसामा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । साउन १ गतेदेखि कारोबार सुरु भएको यो कम्पनीको सेयर मूल्य त्यस पछि आइतबार (हिजो) सम्म सकारात्मक सर्किट लागेर कारोबार भएको थियो ।
यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भए पनि समग्रमा सेयर बजार परिसूचक भने बढेर कारोबार भएको छ । आजको कारोबार जारी रहँदा नेप्से परिसूचक १७.३६ अंकले बढेर २८७६.२७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ४७ करोड माथिको कारोबार भएको छ ।




.gif)





