नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।आज सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।




.gif)



