images

२०८३ आश्विन १६ गते

images
images
images

इन्फिनिटी लघुवित्तद्वारा ‘Focus on Quality, Achieve Profitability’ तालिम सम्पन्न

इन्फिनिटी लघुवित्तद्वारा ‘Focus on Quality, Achieve Profitability’ तालिम सम्पन्न

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त राष्ट्रिय स्तरको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका ९६ शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिकृतहरूलाई लक्षित गरी पोखरामा ‘Focus on Quality, Achieve Profitability’ तालिम सम्पन्न गरेको छ।

    images
    images

    उक्त कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानीश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिम मार्फत सदस्य संख्या वृद्धि, गुणस्तरीय कर्जा विस्तार र समग्र संस्थागत सुधार मार्फत लक्ष्य हासिल गर्ने रणनीतिमा विशेष जोड दिइएको थियो।

    संस्थाका अध्यक्ष श्री विष्णु कुमार घिमिरे कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो भने संस्थापक श्री दिनेश अधिकारीको विशेष आतिथ्य रहेको थियो।

    images
    images

    कार्यक्रममा अतिथिहरुले वर्तमान आर्थिक चुनौतीहरूका बीचमा कर्मचारीहरूले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ उत्साहका साथ कार्य गर्न प्रेरणा प्रदान गरेका थिए।

    कार्यक्रममा विभागीय प्रमुखहरू प्रेम बहादुर थापा, कृष्ण प्रसाद खनाल, कुशल खनाल र रितु बानियाँको समेत उपस्थिति रहेको थियो। तालिम कार्यक्रमको सहजीकरण मानव संसाधन विभागका प्रकाश श्रेष्ठले गर्नुभएको थियो।

    संस्थाले यस प्रकारको तालिमले शाखा स्तरसम्म सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend