images

२०८३ आश्विन २१ गते

images
images
images

गुल्मीमा ‘साना किसानको पोसिलो आटो’ बजारमा

गुल्मीमा ‘साना किसानको पोसिलो आटो’ बजारमा

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • गुल्मी । गुल्मीमा मकैको आटो ब्रान्डिङ गरेर बजार ल्याइएको छ । मुसिकोट नगरपालिका–४ मा रहेको साना किसान कृषि सहकारी संस्था बडागाउँले मकैको आँटा ब्रान्डिङ गरेर बजार ल्याएको हो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीको विशेष सहयोगमा ‘साना किसानको पोसिलो आटो’ ब्रान्डिङ गरेर बजार ल्याइएको हो ।

    images
    images

    कृषि सहकारी संस्था बडागाउँका अध्यक्ष हरि छन्तेलका अनुसार सहकारीले बडागाउँका किसानबाट मकै खरिद गरेर त्यसलाई विशेष प्रशोधन प्रक्रिया र लेबलिङ, प्याकेजिङ गरेर बजार पठाइएको जानकारी दिए ।अहिले १ किलोको १ सय ३० रुपैयाँ तोकिएको छ । यस उत्पादनको वितरण नेपालभरिका साना किसान सहकारी संस्था र प्रमुख सहरमा पनि उपलब्ध गराइने छन्तेलले बताए ।

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न तथा यसको स्वाद र पोषणको गुणस्तर जनमानसमा प्रस्तुत गर्ने उद्देश्य रहेको सहकारीले जनाएको छ । गुल्मीका मध्यपहाडी भेगमा उत्पादित मकै, मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै, स्वास्थ्य र स्वादको हिसाबले उच्च गुणस्तरीय मानिन्छ ।यसले स्थानीय किसानको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा सहकारीको छ ।कार्यालयले मकैको आटो ब्रान्डिङ गर्न ८५ प्रतिशत अनुदानमा प्रशोधन मेसिनरी, लेबलिङ र प्याकेजिङका लागि उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले बताए ।

    images
    images

    यस सहयोगका माध्यमबाट सहकारीले स्थानीय मकैको आटो उत्पादन र वितरण प्रक्रियामा सुधार ल्याउन सफल भएको उनले बताए । यस क्षेत्रको मकैको आटो पोषणमा अत्यधिक राम्रो मानिन्छ ।जिल्लामा २४ हजार ४ सय ६५ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । कुल क्षेत्रफलको ११.२३ प्रतिशत क्षेत्रफलमा हाइब्रिड मकै लगाइँदै आएको छ ।जिल्लामा मकै खेती विस्तार गर्न मकै जोन विस्तार गरिएको छ । जसबाट मकै उत्पादन, बीऊ उत्पादन लगायतमा सहयोग पुग्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend