images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • साउनमै २ पटक बढ्यो कुखुरा मासुको...

साउनमै २ पटक बढ्यो कुखुरा मासुको भाउ, किलोको कति ?

साउनमै २ पटक बढ्यो कुखुरा मासुको भाउ, किलोको कति ?

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं । कुखुरा व्यवसायीले ब्रोइलर कुखुरा मासुको भाउ बढाएका छन् । अन्य महिनाको तुलनामा साउनमा मासु खपत कम हुने भए पनि राष्ट्रिय कुखुरा व्यवसायी संघले उत्पादन कम भएको भन्दै मासुको मूल्यवृद्धि गरेको हो ।संघले १५ साउनदेखि लागु हुने गरी भाउ बढाएकोमा फेरि आइतबारदेखि नै लागु हुने गरी ३ दिनमै कुखुरा मासुको भाउ बढाएको हो । संघले जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ र तयारी मासुमा १५ रुपैयाँ बढाएको छ ।

    images
    images

    यसअघि जिउँदो कुखुराको भाउ प्रतिकिलो २ सय ४० रुपैयाँ भएकोमा भाउ बढेसँगै २ सय ५० रुपैयाँ पुगेको छ । यस्तै ३ दिनअघि प्रतिकिलो ३ सय ३५ रुपैयाँमा किनबेच भएको तयारी मासु पनि बढेर किलोको ३ सय ५० रुपैयाँ पुगेको छ ।यसअघि असारमा जिउँदो कुखुरा प्रतिकिलो २ सय २० र तयारी मासु प्रतिकिलो ३ सय २० रुपैयाँ थियो ।संघ अध्यक्ष जंगबहादुर बीसीले असारमा किसानहरूले चल्ला कम उत्पादन गरेपछि अहिले मासुको भाउ बढेको बताए ।

    ‘असारमा ह्याचरी व्यवसायीले एक साता चल्ला उत्पादन बन्द गरेका थिए,’ उनले भने, ‘त्यसको असर अहिले परेको हो ।’संघका अनुसार साउन बाहेक अन्य महिना देशभरि प्रत्येक दिन साढे ५ लाख किलो कुखुराको मासु खपत हुन्छ । साउन महिनामा भने ३० प्रतिशत मासु खपत कम हुने अध्यक्ष बीसीको भनाइ छ  ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend