images

२०८३ आश्विन १७ गते

images
images
images

एसइई ग्रेडवृद्धि परीक्षामा ताप्लेजुङमा पाँच केन्द्र

एसइई ग्रेडवृद्धि परीक्षामा ताप्लेजुङमा पाँच केन्द्र

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • माध्यमिक शिक्षा परीक्षा(एसइई)२०८१ को ग्रेडवृद्धि परीक्षाका लागि ताप्लेजुङमा ५ वटा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार फुङलिङ नगरपालिमा भानुजन मावि र बासुसं मावि मेदिवुङ गरी दुईवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  

    images
    images

    यस्तै मेरिङदेन गाउँपालिकास्थित त्रिभुवन मावि थुकिमा, सिरिजङ्गा गाउँपालिकास्थित सिनाम मावि सिनाम र आठराई त्रिबेणी गाउँपालिकास्थित सरस्वती नमूना मावि हाङपाङमा ग्रेडबृद्धि परीक्षा केन्द्र निर्धारण गरिएको इकाइ प्रमुख भट्टराईले जानकारी दिए ।  उनका अनुसार साधारण नियमिततर्फ ७ सय ६९ र प्राविधिकधारतर्फ ३१ गरी कुल ८ सय जनाले ग्रेडबृद्धि परीक्षा लेख्न आवेदन गरेका छन् ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend