images

२०८३ आश्विन १९ गते

images
images
images

तीजको नयाँ उपहारः अब नेपालीमा पनि ‘लुङ्गी डान्स’ (भिडियो)

तीजको नयाँ उपहारः अब नेपालीमा पनि ‘लुङ्गी डान्स’ (भिडियो)

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं।अहिले नेपाली सांगीतिक क्षेत्रमा नयाँ–नयाँ शैलीहरु ल्याएर गीत–संगीतलाई सुमधुर बनाउनुभन्दा पनि भाइरल बनाउनेतर्फ लागेको देखिन्छ । जुन गीतमा अलि फरक र अपाच्य शब्दहरु समावेश गरिएको हुन्छ, त्यो गीत भाइरल हुन्छ, बढी भ्युज हुन्छ भन्ने कुराले गीत–संगीतमा यस्ता शब्दहरुको प्रयोग बढी भएको हो ।अहिले नयाँ–नयाँ गीतहरु सामाजिक सञ्जालमा भाइरल हुन कै लागि बनाइन्छ भन्दा फरक नपर्ला जस्तो भइसकेका छन् । झन् अहिले त तीजका लागि भनेर नयाँ–नयाँ गीत दिनहुँ सार्वजनिक भइरहेका छन् ।

    images
    images

    केहि वर्षदेखि तीज गीतमा जति फरक तथा अनौठा शब्द र भिडियो अन्य गीतभन्दा फरक हुन्छ, त्यहि गीतको चर्चा बढी हुन थालेको देखिन्छ । त्यसैले पनि गीत–संगीतका सर्जकहरुले यस्तै गीत बनाउनु पर्छ भन्ने सोच विकसित भएको देखिन्छ ।यसैबीच, अहिले तीजका लागि भनेर निर्मल क्षेत्री तथा सिमरन परियारले एउटा नयाँ गीत सार्वजनिक गरेका छन् । ‘लुङ्गी डान्स’ बोलको उक्त गीतलाई गायक निर्मल क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    निर्मल क्षेत्रीकै शब्द रहेको उक्त गीतको भिडियोमा मोडल रेकिसा खत्रीका साथमा निर्मल स्वंय देखिएका छन् । गीतमा निर्मलले त लुङ्गी लगाएर नै नाचेका छन्, निर्मलसँग– सँँगै रेकिसा तथा कोरसका कलाकारहरुले पनि लुङ्गी लगाएर नाच्दै गरेको देखिएको छ ।यसअघि हिन्दी भाषाको लुङ्गी डान्स बोलको गीतलाई भारतीय गायक हनि सिंहले फिल्म ‘चेन्नइ एक्सप्रेस’ का लागि गाएका थिए । फिल्ममा उक्त गीतमा बलिउड अभिनेता शाहरुख खानले लुङ्गी लगाएर नाचेका थिए । उक्त गीतमा शाहरुखसंगै अभिनेत्री दीपिका पादुकोण र स्वयं हनि सिंह पनि लुङ्गी लगाएर नाच्दै गरेको देखिएको थियो ।हनी सिंहको लुङ्गी डान्सलाई त भारतसहित नेपालमा पनि अत्यधिक मन पराइएको थियो, तर अब तीजमा सारी भन्दा लुङ्गी लगाएर नाच्ने सुझाव दिने नेपाली गायक निर्मल क्षेत्रीको लुङ्गी डान्सलाई नेपाली श्रोता–दर्शकले कत्तिको साथ दिन्छन्, त्यो भने समयले बताउला ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend