काठमाडौं । टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी अन्तर्गत बीआईटी कार्यक्रमका प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीले शनिबार जरसिंह पौवामा सफलतापूर्वक एरोनोटिकल (विमान) ट्रायल फ्लाइट सम्पन्न गरेका छन् ।कार्यक्रम उद्घाटन शंकरापुर नगरपालिकाका मेयर रमेश नापित तथा उपमेयर समीता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कलेजले जनाएको छ ।
कलेजका अनुसार विद्यार्थीहरूले कलेजमा ३० घण्टाको सैद्धान्तिक तालिम तथा प्रयोगशालामा थप ३० घण्टाको प्रयोगात्मक प्रशिक्षण प्राप्त गरेका थिए । कुल ६० घण्टाको प्रशिक्षण अवधिमा विद्यार्थीहरूले एलओटी तथा रोबोटिक्स सम्बन्धी १५ वटा परियोजना निर्माण समेत सम्पन्न गरेका छन् ।ती परियोजनाहरूको प्रदर्शनी २३ साउनमा कलेजको प्राङ्गणमा आयोजना गरिने छ ।
शनिबार परीक्षण गरिएको विमानमा एक इन्जिनसहित उडानका लागि आवश्यक सम्पूर्ण यन्त्र जडान गरिएको थियो । कलेज प्रशासनले २३ साउनमा हुने प्रदर्शनीमा सबै उडान पुनः प्रदर्शन गर्ने योजना बनाएको जनाएको छ ।दुई वटा विमानको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरिएको थियो, जुन विद्यार्थीहरूको अथक परिश्रम र सिर्जनशीलताको प्रतिफल स्वरूप सम्भव भएको जनाइएको छ ।




.gif)





