images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पोखरामा यती एअरलाइन्सद्वारा प्रायोजित ‘वुमन विथ...

पोखरामा यती एअरलाइन्सद्वारा प्रायोजित ‘वुमन विथ द विङ्गस’

पोखरामा यती एअरलाइन्सद्वारा प्रायोजित ‘वुमन विथ द विङ्गस’

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • पोखरा। मिस नेपाल २०२५ का सहभागिहरूबीच यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सब-टाइटल ‘वुमन विथ द विङ्गस’ को प्रतियोगिता पोखरामा भव्य रुपमा सम्पन्न भएको छ ।आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा २६ जना प्रतिस्पर्धीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।‘वुमन विथ द विङ्गस’ सब-टाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि यती एअरलाइन्सले प्रदान गर्ने सम्मान हो । यस उपाधिको माध्यमबाट यती एअरलाइन्सले महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिकालाई प्रोत्साहन गर्दै आइरहेको छ ।

    images
    images

    प्रतियोगितामा सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्त रूपमा अभिव्यक्ति दिएका थिए ।प्रतियोगिताको निर्णायक मण्डलमा यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट, द हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्निकार, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, श्री नटराज ज्वेलर्सका निर्देशक अनुराज सरोगी र स्किन आर्ट्स एस्थेटिककी निर्देशक स्वपनिल शर्मा रहेका थिए । जज प्यानलले सहभागीहरूलाई विभिन्न सूचकांकको आधारमा मूल्याङ्कन गर्दै उत्कृष्ट प्रतिस्पर्धीको छनौट गरेका छन् ।

    द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपाल प्रतियोगितामा ‘वुमन विथ द विङ्गस’ को उपाधि महिलाको नेतृत्व क्षमतालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो । उचाइको प्रतीक बनेर अरूका लागि प्रेरणा दिन सक्ने सामथ्र्य राख्ने आत्मविश्वासी नेपाली युवतीहरूका प्रतिभालाई उजागर गर्दै यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यसप्रकारको पहल गर्दै आएको छ ।प्रतियोगिताको नतिजा भने आगामी भदौ १४ गते राजधानीमा आयोजना हुने मिस नेपाल २०२५ को ग्राण्ड फिनालेमा सार्वजनिक गरिने छ । यती एअरलाइन्सका अनुसार,’वुमन विथ द विङ्गस’ उपाधि विजेताले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने विभिन्न अभियान तथा कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।विजेताले एक वर्षको अवधिमा यती एअरलाइन्सका तर्फबाट महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनेछिन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend