images

२०८३ आश्विन १९ गते

images
images
images

फिल्म 'बुकी' को फर्स्टलुक सार्वजनिक, को-को छन् कलाकार?

फिल्म 'बुकी' को फर्स्टलुक सार्वजनिक, को-को छन् कलाकार?

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • फिल्म 'बुकी' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्मको निर्माण पक्षले सार्वजनिक गरेको फर्स्टलुकमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फुलेको छ। लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको पोस्टरमा देखिन्छ। चौरमा एक पुरूषसहित सात महिला छन्, जो भलिबल खेलिरहेका छन्।

    images
    images

    भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेको अनुमान गर्न सकिन्छ। तर, निर्माणपक्षले प्रष्ट भने पारेको छैन। बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छ। स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो।

    हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस्को प्रस्तुति रहेको यो फिल्मले खेलकुद तथा प्रकृतिबीचको सम्बन्धको कथा भन्ने जनाइएको छ। फिल्ममा देबेन्द्र बब्लु, सुरक्षा पन्त,  रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतको अभिनय छ।

    images
    images

    फिल्मको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन्। निर्माता लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा हुन्।क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन्। को–प्रोडुसरमा जितु थापा र सुनील बुढाथोकी छन्। विकास गन्धर्वको डीओपी रहेको फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन छ।फिल्म 'बुकी' को छायाकंन काठमाडौं, पोखरा, बागलुङको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो। प्रदर्शन मिति तय नभएको यो फिल्मलाई २०२६ भित्र रिलिज गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend