images

२०८३ आश्विन १५ गते

images
images
images
  • उर्जा
  • माथिल्लो सेतीका लागि कुमारी बैंकको अगुवाइमा...

माथिल्लो सेतीका लागि कुमारी बैंकको अगुवाइमा ४१ अर्ब ६० करोडको लगानी सुनिश्चित

माथिल्लो सेतीका लागि कुमारी बैंकको अगुवाइमा ४१ अर्ब ६० करोडको लगानी सुनिश्चित

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको साइपाल गाउँपालिका-४ र ५ मा २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंक लिमिटेडको नेतृत्वमा ४१ अर्ब ६० करोडको लगानी सुनिश्चित भएको छ ।एनएमबी बैंक लिमिटेडको सहनेतृत्व, माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आईसीएफसी फाइनान्ससहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ । 

    images
    images

    काठमाडौंमा आयोजित एक विशेष समारोहमा कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरे । 

    कुमारी बैंक लिमिटेडले ६५ भन्दा बढी जलविद्युत तथा सौर्य ऊर्जा परियोजनामा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रूपैयाँभन्दा बढीको लगानी गरी (प्रतिबद्धतासहित) २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरण अन्तर्गत समेत) योगदान प्रदान गरेको छ । मध्ये केही सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति बढाउन महत्त्वपूर्ण योगदान पु‍र्‍याइरहेका छन् । 

    images
    images

    करिब ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीको अनुपातमा अघि बढाइने यस आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र ड्यु डिलिजेन्स स्टडी समेत सम्पन्न भइसकेको छ ।यो आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घन मिटर प्रति सेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ । आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घन मिटर प्रतिसेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ ।

    नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति प्राप्त भइसकेको छ । आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन शुरू गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रशारण लाइनमार्फत् राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० के.भी. बझाङ सब–स्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाका लागि आवश्यक पहुँच सडकको कूल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९.२५ करोड हुनेछ र प्रथम वर्षमै अनुमानित ७ अर्ब ६७ करोड आर्जन हुने अपेक्षा गरिएको छ ।आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend