images

२०८३ आश्विन २५ गते

images
images
images

बजारबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बजारबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • नेपाल राष्ट्र बैंकले (आज) आइतबार बजारबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा केन्द्रीय बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आइरहेको हो । सोही अनुसार आज ४२ दिनका लागि उक्त रकम खिच्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरणको प्रयोग गरी बोलकबोल मार्फत उक्त रकम खिच्न लागिएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ४२ दिने निक्षेप संकलन उपकरणको भदौ २९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend