images

२०८३ आश्विन १९ गते

images
images
images

फष्ट लुक्समा यस्तो देखियो ‘माइतीघर’, दसैँमा रिलिज हुने

फष्ट लुक्समा यस्तो देखियो ‘माइतीघर’, दसैँमा रिलिज हुने

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौँ । रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्ट लुक तयार पारेको हो  । फिल्मको फस्ट लुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ । यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ । यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ । मिलन तामाङको निर्देशनमा तयार भएको फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन् ।

    images
    images

    रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायाङ्कन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ । यो फिल्म दसैँको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ ।

    फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।फिल्म ‘माइतीघर’ ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ । फिल्म उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचार प्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend