images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश...

बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • भक्तपुर । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । भक्तपुरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । 

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरिसकेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरे ।

    प्रधानमन्त्री ओलीले भने, ‘मिति २०८२ असार ३० गतेसम्ममा बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरी राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले बागमती प्रदेशलाई आज मिति २०८२ साउन १६ गते शुक्रवारका दिन पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दछु ।’

    images
    images

    २०८२ असार ३० गतेसम्ममा बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू लगाएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend