काठमाडौँः नेपालमा फेसन शिक्षा क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदै, आईईसी कलेज अफ आर्ट एन्ड फेसनले पहिलो पटक पूर्ण रूपमा समर्पित फेसन कलेजको रुपमा आफ्नो यात्रा सुरुवात गरेको छ। यस कलेजले फेसन डिजाइन, टेक्सटाइल, र क्रिएटिभ आर्ट्समा गुणस्तरीय शिक्षा प्रदान गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय बजारमा फेसन उद्योगको बढ्दो माग र क्रिएटिभिटीको आवश्यकता अनुरूप, आईईसी कलेजले व्यावहारिक र सैद्धान्तिक शिक्षालाई समन्वय गर्दै नयाँ पुस्तालाई तयार पार्ने काम गरिरहेको छ। कलेजका विद्यार्थीहरूलाई विश्वस्तरीय प्रशिक्षकहरू सँग सिक्ने अवसर, नवीनतम प्रविधिहरूको पहुँच, र अन्तर्राष्ट्रिय फेसन बजारमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गराउने प्रतिबद्धता यस कलेजको मुख्य विशेषता हो।
आईईसी कलेज अफ आर्ट एन्ड फेसनका प्रबन्धकले भने, “हामीले नेपालमा पहिलो पटक यस्तो प्लेटफर्म तयार पारेका छौं जहाँ युवाहरूले फेसन क्षेत्रमा मात्र नभई कला र डिजाईनका विभिन्न पक्षहरूमा पनि उत्कृष्टता हासिल गर्न सक्छन्। हाम्रो लक्ष्य युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो।”
नेपालको फेसन उद्योगलाई नयाँ उचाइमा पुर्याउने सोच सहित आईईसी कलेजले नेपाली फेसनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने र नयाँ डिजाइनरहरूलाई अवसर प्रदान गर्ने योजना अघि बढाएको छ। यस कलेजबाट निक्लने प्रत्येक विद्यार्थीले नेपाल र विश्वका फेसन प्रेमीहरूलाई नयाँ रचनात्मकता र नव प्रवर्तन मार्फत प्रभावित पार्ने विश्वास गरिएको छ।
अन्तमा फेसन प्रेमीहरू, विद्यार्थीहरू, अभिभावकहरू, र उद्योग सँग सम्बन्धित सबै पक्षहरूलाई आईईसी कलेज अफ आर्ट एन्ड फेसनले आफ्नो शैक्षिक कार्यक्रममा सामेल भएर भविष्यको फेसन डिजाइनर बन्न आह्वान पनि गर्दछ।




.gif)





