images

२०८३ आश्विन १८ गते

images
images
images

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • मकवानपुर ।  सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा बागमती प्रदेशमा सञ्चालित अधिकांश बहुवर्षीय योजना सम्पन्न भएका छन् ।हेटौँडा उपमहानगरपालिका–१० मा वाग्मती प्रदेशसभा भवन पूरा हस्तान्तरणको क्रममा छभने हेटौँडा उपमहानगरपालिका–२ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन पनि तयार भएको छ ।  

    images
    images

    बहुवर्षीय योजनाअन्तर्गत चितवनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका भवन पनि पूरा भएका छन् । चितवनकै राप्ती–४ मा ‘इको टुरिजम पार्क’ तयार भएको छ । हेटौँडा उपमहानगरपालिका–१ मा अस्पताल भवन तीव्र गतिमा बनिरहेको छ । सहरी विकास तथा भवन कार्यालयका अनुसार भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ । 

    उक्त कार्यालय प्रमुख सुबोध अधिकारीका अनुसार वाग्मती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आवका लागि हेटौँडा उपमहानगरपालिकास्थित अड्डा मार्गमा पदयात्री मार्ग निर्माण, हेटौँडा उपमहानगरपालिका–१० मा ‘स्टिट्र फुड पार्क’, चितवनमा कृषि विकास कार्यालयको भवन निर्माण सम्झौता भएको छ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend