images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक...

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो ।

    images
    images

    राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाल अनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।‘प्राविधिक पाटोमा धमाधम काम भइरहेको छ । २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने ।गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले गत २० चैत देखि २९ दिन आन्दोलन गरेका कारण परीक्षा सारिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend